नियम ५५
सट्टा बिदा
(१) स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोष्ट जस्ता सार्वजनिक बिदाको दिनमा
काम गर्नु पर्ने कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले सार्वजनिक बिदाको दिन काम गरे
वापत सट्टा बिदा पाउन सक्नेछन् र त्यस्तो बिदा अर्को तीन महिनाभित्रमा पालो मिलाई
बस्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पालो मिलाई सट्टा बिदा लिन नसकेको जति
अवधिको तलब बराबरको भुक्तानी दिइनेछ ।
(३) सट्टा बिदाको अभिलेख सम्बन्धित कार्यालय प्रमुखले अद्यावधिक गरी राख्नु
पर्नेछ ।